के यहि हो त गणतन्त्र ?

छत्रवहादुर मैनाली,
 सिन्धुली,हाल:कोलम्विया ।

दिन जति जति बित्दै छ संबिधान शभाको मिति पनी त्यतिकै नजिकिदै छ । मोटा मोटी १ महिना मात्र बाँकि रहेको समय लाई मध्यनजर  गर्ने हो भने   जनप्रतिनिधिहरुले उत्तरदायित्व  अन्तर्गत तोकिएको समयमा  संबिधान  निर्माण सकेर जारी नगरी सुख छैन यो नेपाल र नेपाली जनता प्रति  राजनीतिक दलहरुले  गरेको पूर्ण प्रतिबद्ता हो, तर संबिधान  निर्माण हुनु अगावै  राजनीतिक दलहरुमा देखिएको असहमति ,अविश्वास ,शंकाको  बाताबरणमा  तुरुन्त परिवर्तन हुनु जरुरि देखिन्छ ।

समय थोरै मात्रामा रहेको अवस्था र बैधानिक हैसियतलाई समेत मध्य नजर राख्दै गरिएको प्रतिबधतालाई  बास्तबिकता मा  बदल्न यौटै मन्चमा उभिएर एकताको संदेश प्रवाह गर्नुपर्ने जरुरि छ  ।  मुलुक गणतन्त्रमा प्रवेश गरेको ५ बर्ष पुरा भै  सकेको  छ  यति लामो समय  व्यतित हुँदा सम्म  संबिधान निर्माणको काममा खासै प्रगति नभएको तितो यथार्थ हो    बिगत र बर्तमानलाई यौटै पाटोमा बसेर मुल्यांकन गर्ने हो भने  समाधानका उपाय तत्काल पाउन सकिन्छ अझै पनी नौटंकी देखाएर   मुलुकलाई अन्यौलताको घेरामा राखी रहने हो भने ज्वालामुखी फुट्न बेर छैन । हरेक बिषय बस्तुको आफ्नै निश्चित सिमा हुने हुँदा त्यो सीमालाई केन्द्रबिन्दुमा राखेर अगाडी बढ्न  खोजेमा सहज रुपमा यात्रा सफल हुने देखिन्छ  । हैन भने यौटा ले अर्कोलाई गाली गर्ने , आरोप प्रत्यारोप लगाउंदै जनताको ध्यानलाई अन्यत्रै मोदना खोज्ने , जातीयता समुदायमा आधारित राजनीतिक पेशालाई स्थापित गराउन खोज्ने , हरेक जात जतिको नाममा संगठन खडा गरेर  सदियौं देखि चली आएको नेपाली सहिष्णुता ,भाइचारा ,सम्प्रदाय लाई नै धोस्त बनाएर  मौलिकतालाई  सिध्यौना खोजेको देखिन्छ के यहि हो  त गणतन्त्र ? जहाँ जे पनी गर्न छुट पाइन्छ हैन भने बिषयको गाम्भीर्यतालाई किन बुझ पचाएर  नामर्दको रुप धारण  गर्दैछन ? 

  वर्तमान परिवेशमा  नेपाली राजनीतिक मन्चमा  निक्कै तातो बहस चली रहेको छ संघियता मार्फत विकेन्द्रीकरण  गरेर राज्यको शक्ति बाडफाड  गर्ने ,जातीयता को आधारमा प्रदेश निर्माण , मिस्रित प्रणाली,प्रदेश निर्माण , आदि इत्यादी मा  दलहरु बीच सहमति  खोज्ने काम द्रुत रुपमा  अगाडी बढेको  छ  हरेक दलहरुको आफ्नो आफ्नै रोड म्याप भएको हुँदा  सबै बिषय बस्तुमा सहमति  नजिक पुग्ने सम्भावना क्षीण देखिन्छ । तराई को कुरा गर्दा पहाड र हिमाल संग नमिल्ने हिमालको कुरा गरे पहाड र  तराई संग नमिल्ने तैपनि सहमतिमा पुगेर मुलुकलाई निकाशा दिनु   सबै राजनीतिक दलहरुको  कर्तब्य भएकोले सामुहिक रुपमा  छलफल मार्फत बिबादित बिषयलाई परिवर्तन गरेर  छिनोफानो गर्न सकिन्छ  दृढ इच्छा शक्ति का साथ लागी पर्ने हो भने  अझै पनी समय पर्याप्त मात्रामा छ हैन भने मेरो गोरुको १२ रै टक्का  भन्दै बिस्कुन सुकाएर भाउ खोजि बस्ने हो भने  कुनै जुनीमा पनी सहमतिको बाताबरण बन्ने छैन । 
नेपालको भौगोलिक अवस्था  ,प्राकृतिक स्रोत साधन, छिमेकी २ बिशाल मुलुकको पहिचान गरेर देशको माटो सुहाउँदो शासन व्यवस्था  लागु गर्नु नै नेपालको आबश्यकता हो गणतन्त्र ,संघीयतालाई आधार मानेर  जातियताको आधारमा राज्य  बाँडफाड़  गर्ने हो भने पृथ्बीनारायण शाह  कालिन  २२ से र २४ से राज्य भन्दा के नै फरक  भयो र ? अहिलेको युग पृथ्बी नारायण शाह कालिन युग संग दाज्न पनी मिल्दैन  हिजो कहाको ढुंगे कालिन युग र आजको यन्त्र कालिन युग  तुलना गरनै मिल्दैन विश्व परिवेशलाई मध्यनजर गर्ने हो भने सम्पूर्ण मानब ,,जीव जीवात्मा ले   पूर्ण स्वतन्त्रताको  अपेक्षा गरेका हुन्छन । राजी खुसीले अपबाद बाहेक कोहि कसैको अधिन मा बस्न रुचौदैनन ,एका घरभित्रका परिवारमा समेत मनमुटाव भयो भने आफ्नो हक भोग लिएर बेग्लै  जीवन यापन गर्ने गरिन्छ  भने हाम्रो समाज बहु भाषा , बहु संस्कृतिक , बहु जाति मिलेर यौटै क्षेत्र भित्र  मिलिजुली बसोबास गर्दै आइरहेका छन  भोलि यौटा जातिलाई  त्यो क्षेत्र भित्र  संचालित साशन व्यवस्था प्रति  चित्त नबुझेर आफु अनुकुलको सासन व्यबस्थाको माग राखेर बिद्रोहमा उत्रियो भने  जातीय हिंशाको शुरुवात  हुन्छ  कि हुन्न ?यस्ता दिर्घकालिन हुन सक्ने घटनालाई बेलैमा सबैले सद्बुधि पुर्याउनु जरुरि छ ।
जब राज्यको  पावरलाई   दिसेंत्रीलाइज(विकेन्द्रीकरण )   गर्ने हो भने केन्द्र लाई  शक्तिशाली बनाउनुको के अर्थ छ र ?  यस्ता  बिषयमा तुरुन्तै छिनोफानो गरेर अगाडी बढे मात्र  संबिधान निर्माणले समग्र रुपमा गति लिने देखिन्छ ।
  वर्तमान राजनीतिक अवस्थाको  दृश्य के  अनुमान गर्न सकिन्छ भने   पहाडको फेदीमा आगो बालेर   पहाडको  टुप्पोमा भाँडो बसाली खिचडी पकाउने बालखेल खेलेको देखिन्छ जनमानसले झट्ट हेर्दा र देख्दा खिचडी पकाउन लागेको जस्तो देखिने  साथै भन्न पनी सजिलो लौ है हामी भरपुर मेहनतका साथ  (कहिले पाक्न नसक्ने) खिचडी पकाउने अभियानमा लागेका छौं शंका नगर्नुस निश्चित समय भित्रै खिचडी पाकेर स्वादापान गर्न पाउनु हुनेछ भन्ने सांकेतिक रुपमा  फुलको रसमा मौरी भुले जस्तो   बच्चा लाई  ललिपप दिएर भुलाउन  खोजिएको  देखिन्छ । आम बालाहरु पनी ढुक्कले खिचडी पकाउन थालेका छन पाकेपछी स्वादापन गरेर तृष्णा मेट्न  पाइने दिवास्वप्नमा  ललिपप चुस्दै मस्त निद्रामा डुबेका छन ।
खिचडी पकाउनु भन्दा पनी यक्ष  प्रश्न  खिचडी पकाउनका निम्ति प्रयोग गरिने सामग्री ले मुख्य भूमिका खेल्ने हुँदा  के कस्तो सामग्री प्रयोग भैराछ आयातित  सामग्री  प्रयोग भै रा छ कि ? स्वदेशी श्रम , स्वदेशी शिप , स्वदेशी लगानी, स्वदेशी विचार बाट अनुसन्धान गरी निर्मित गरिएको  सामग्री प्रयोग गरिंदै छ  भन्ने जानकारी राख्नु सचेत उपभोक्ताको परिचय हो ।  आयातित सामग्रीको प्रयोगले निर्मित जुनसुकै बस्तु हेर्दा र देख्दा  टलक्क देखिने , राम्रो सजिसजाउ ,हेर्दै खाउँ खाउँ लाग्ने खालको कला प्रयोग गरेर निर्माण गरिने हुँदा  कालान्तरमा स्वादापन गरी सके पछी उत्पन्न हुन सक्ने नकारात्मक  प्रभावको इलाज  गर्नको निम्ति स्वदेश मै सक्षम हुन्छ या त पुन निर्यात गरी इलाज गराउनु  पर्ने हो ? स्पष्ट हुनु जरुरि छ स्वदेशमा निर्मित स्वदेशकै उत्पादन प्रयोगले कथं कदाचित उत्पन्न हुन सक्ने नकारात्मक परिणामलाई स्वदेशमै निदान गर्न सक्षम नभएता पनी आवश्यक परेको खण्डमा निर्यात गरेर भए पनी स्वदेशी पहिचानलाई समय पर्यन्त जीवित राख्न सकिन्छ  ।  तसर्थ खिचडी निर्माण भन्दा पनी निर्माण सामग्री प्रयोगका बारेमा बेलैमा सचेत हुन सकिए भविष्यमा पछुताउनु नपर्ला कि ? 
नेपाली राजनीति  ब्रित्को वास्तविक मुल्यांकन गर्ने हो भने इतिहासको कालखण्ड देखिनै शंका नै शंका को बाताबरणमा अगाडी बढेको अवस्था हो राणाकालीन शासन व्यवस्था देखि वर्तमान गणतान्त्रिक व्यवस्था सम्म आइ पुग्दा मुलुकले वास्तविक  राजनेता  पैदा  गर्न नसकेको तितो सत्य हो  यो शंकाको राजनीतिक कालो बादललाई सदाको लागी अन्त्य गरी स्वच्छ निस्पक्ष  शंकारहित  विश्वासयोग्य राजनीतिक व्यवस्था कायम गर्न सकेन हिजो राणा कालिन सासनमा भाई भारदारहरुको षडयन्त्र , राज्य सत्ता हत्यौना हरेक तिकडम गर्ने , भाई भाई बिचको काटमार देखि आफु विरोधीलाई देशै निकाला गरेर भए पनी सत्ता टिकाउने कुटिल चाल चली आएकै हो । २००७ सालमा नेपाली जनता ,राजा त्रिभुवन ,राजनीतिक दलहरुको संयुक्त प्रयासमा १०४ बर्षे जहानिया राणा शासनको अन्त्य गरेर जनता द्वारा जनताको लागी गरिने प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भए पनी लामो समय टिक्न सकेन अन्तत २०१७ साल पुष १ गते  तत्कालिन राजा महेन्द्रले  मुलुकको तत्कालिन परिवेशलाई मध्य नजर राख्दै  निर्दलीय पंचायती व्यबस्थाको जग बसाल्दै आफ्नो कदमलाई  अगाडी  बढाए पंचायती व्यवस्था ले २०३६ सालको  बहुदल कि निर्दल भन्ने जनमत  संग्रहमा बिजयी हासिल गर्दै  २०४६ साल सम्म ३० बर्षे यात्रा जारी  राख्न सफल भयो ।  
२०४६ सालमा पुन नेपाली जनता ,राजनीतिक दलहरुको संयुक्त प्रयासमा  प्रजातन्त्र प्रेमी राजा बिरेन्द्रले प्रजातन्त्रको माध्यम द्वारा मात्र २१ औं सताब्दिमा प्रतिष्पर्धा, मुलुकको सर्वान्गिन बिकाश  गर्न सकिन्छ   भन्ने दुरदर्शी सोचका कारण नेपाली जनताको जन चाहना बमोजिम सक्रिय राजतन्त्रको घेरा बाट संबैधानिक राजतन्त्रको हैसियतमा  बस्न राजी भएर प्रजातन्त्र स्थापना  गरियो त्यस बखत पनी धेरै शंका उपशंका ले बजार तातेको थियो , तै पनी राजनीतिक दलहरुले आफ्नो जिम्मेवारी अनुरुप समयमै संबिधान निर्माण गरेर जनता प्रति गरिएको प्रतिबध्तालाई पुरा गरेका थिए तत्कालिन नेपाल अधिराज्यको संबिधान २०४७ विश्वकै उत्कृष्ठ  संबिधान मध्ये मा गणना हुन सफल भएको थियो त्यस बखत समयमै संबिधान जारी भएर परिवर्तित सासन व्यबस्थाको प्रत्यक्ष स्वादपान गर्न पाएका थियौं । समयको काल खण्ड संगै २०४६ सालको परिवर्तन नेपाली जनताले अपेक्षा गरे भन्दा भिन्न ढंगले संचालन गर्न थाले परिणामस्वरूप बिद्रोह र असहमतिका आवाजहरु उठ्न थाले समयको क्रमसंगै ६२/६३ साल सम्म को यात्रामा इतिहासमा सिमित बन्न पुग्यो परिवर्तनकामी नेपाली जनताको चाहना बमोजिम नेपालको इतिहासमा   विभिन्न समयमा शासन व्यवस्था परिवर्तन हुँदै दिगो रुपमा संचालन हुन सकेको छैन यसमा नेपाली जनताको कुनै दोष छैन जसले नेतृत्व तहमा पुग्ने अवसर पाए  सबै दोषका भागिदारी तिनै हुन्  ।

Related

विचाररसाहित्य 1784765894238979623

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item