वाहुनको विर्य सुनकै मुल्यमा बिक्रि


टाइम्स अफ इन्डियामा छापिएको समाचार अनुसार महाराष्ट्रको मुम्बइ तथा बिहार लगायतका राज्यमा बाहुन जातिका पुरुषको विर्यको माग उच्च छ । बाहुन जातिका पुरुषहरु बुद्धि तथा रुप दुबैमा अब्बल हुने र उनीहरुको संस्कार पनि सभ्य हुने भएकाले सन्तान पनि त्यस्तै लच्छिनको जन्मिन्छ भन्ने विश्वासमा धेरै निसन्तान दम्पतिहरुले बाहुन युवकको शुक्रकिटको खोजी गरेका हुन् । 

विभिन्न निसन्तान केन्द्रहरुमा शुक्रकिट किनेर गर्भाधान गर्न आउने दम्पतिहरु मध्ये धेरैले उक्त विर्यदान गर्ने पुरुषको जात सोध्ने गरेका छन् र बाहुन भएको खण्डमा धेरैले मन खुसी पारेर स्विकार गर्ने गरेका छन् । शुक्रकिट किनेर गर्भाधान गर्ने निसन्तान दम्पतीहरुले विर्यदाताको नाम, थर वतनका साथै उसको पारिवारिक स्टाटस, उसले पढ्ने गरेको कलेज, उसको पेशा तथा उसको जिउडाल र छालाको रङमा पनि विशेष ध्यान दिने गरेका बताइएको छ ।

 कतिपयले जोन अब्राहम, इमरान हासमी जस्ता हिरोहरुको शुक्रकिट उपलब्ध गराएमा जतिपनि पैसा तिर्ने भन्दै निसन्तान केन्द्रहरुमा गएर त्यस्ता हिरोहरुको शुक्रकिट दिन अनुरोध गर्ने गरेका छन् । यस्तै मुस्लिमहरुको हकमा निसन्तान दम्पतिले विर्यदान मार्फत गर्भधारण गर्दा उक्त विर्यदान गर्ने पुरुष सुन्नी वा सिया कुन सम्प्रदायको हो भन्ने कुरा सुरुमा जानकारी पाउन चाहन्छन् । 


Related

प्रमूखखबरहरु 8707263160975261328

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item