अनाथ वालवालिकालाई निशुल्क पढ्ने व्यवस्था

http://sindhulidarpan.blogspot.com/2012/05/s_4159.html
जिवि श्रेष्ठ ,सिन्धुली ,जेठ १ ।
सिन्धुलीको रातामाटा स्थीत शैलशिखर अनाथालयमा आश्रित अनाथ, असाय बालबालीकाहरुलाई सुर्योदय बोडिङ स्कुलका शिक्षक वरुण लामिछाने निशुल्क ट्यूसन पढाउनुहुने भएको छ । सरोबर टिउसन सेण्टरमा २०६९ जेठ १ गते देखि अनाथालयमा भगवती आवासिय बोडिङमा अध्ययनरत ८ जना बालबालिकाहरुलाई निशुल्क टिउसन पढाउन लाग्नु भएको हो । लामिछानेको यस्तो अनाथ प्रेमी भावना प्रति शैलशिखर परिवारले आभार प्रकट गरेको छ ।
त्यस्तै दक्षिण एसियाकै प्रशिद्ध कराते खेलाडिले समेत पोशाक व्यबस्था गरिएमा निशुल्क कराते सिकाई दिने भएको छ । शैलसिखर अनाथलयमा आश्रित कतिपय अनाथहरु अमले , खन्याखर्क साथै मुलकोटमा सुविधा पाईरहेका छन , भने केहि असहाय व्यत्तिहरु सिन्धुली बहुमुखी क्याम्पसनमा निशुल्क पढ्ने अबसर पाएका छन ्। खानपिन र भरण पोषणमा योगदान शैक्षिक सँघ सँस्थाहरुको रहेको सँथाका अध्यक्ष विष्णु प्रसाद देबकोटा बताउनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !