सिन्धुलीमा अखिल पाठशाला

जिवी श्रेष्ठ,सिन्धुली, जेठ १ । 
अ‍ेनेरास्ववियू  सिन्धुलीले आफ्ना कार्यकर्ताहरुलाई साँगठानिक तथा बैचारीक रुपमा सक्षम बनाउनका लागि अखिल पाठशाला खोल्ने निर्णय गरेको छ । अखिलको १२ औँ जिल्ला सम्मेलन पछि बसेको दाश्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको छ ।  
त्यसैगरि अखिल सहकारी कोष खडा गर्ने समेत निर्णय गरेको छ । कोष खडा गर्नुका साथै लेवि सँकलन र व्यवस्थापन गर्ने भएको छ भने सोहि बैठकले प्रकाश काफ्लेको सँयोजकत्वमा सचिवालयको समेत स्थापना गरेको छ । यसैगरि बैठकले विभागिय प्रमुख, नगर सम्मेलन सँयोजक लगायतलाई जिम्मेवारि बाँडफाँड समेत गरेको छ । 

बैठकले आगामी दिनका कार्ययोजना बनाएर अगाडि बढ्ने र सँगठनलाई चुस्त दुरुस्त पारि सँविधान निर्माणमा दवावमुलक कार्यक्रम सहित लाग्न  जिम्मेवार बाँडफाँड गरिएको प्रकाश काफ्लेले बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जनकपुर अन्चल ईन्चार्ज केशव देवकोटाले नेपाललाई पहिचान र सामथ्र्यको आधारमा सँघियतामा लानुपर्नेमा जोड दिनु भयो ।  

Related

स्थानिय 434215780847028586

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item