डेटिङमा विद्या

मुम्बई : बलिउड अभिनेत्री विद्या बालनले आफू सिद्धार्थ राय कपुरसँग प्रेममा रहेको स्विकारेकी छन् । यसअघि टिभी मोसन पिक्चर्सका प्रमुख सिद्धार्थसँग प्रेमको हल्ला चले पनि उनले अस्वीकार गर्दै आएकी थिइन् । अहिले डेटिङमा व्यस्त रहेको यो जोडी तत्काल विवाह गर्ने योजनामा भने नरहेको उनले एजेन्सीलाई बताएकी छन् ।


३४ वर्षीया बालन हालै विक्टोरियाका लागि बलिउड एम्बेसडरसमेत नियुक्त भएकी छन् । उनले ११ जुनमा हुने भारतीय फिल्म महोत्सवको प्रचार गर्नेछिन् । द डर्टी पिक्चरको अभिनयपछि चर्चाको शिखरमा पुगेकी बालनले आफूले अहिलेसम्म इन्गेजमेन्टको औँठीसमेत लाउन नपाएको गुनासो गरिन् ।

 डर्टी पिक्चर्सको बंगाली संस्करणमा भने राखी सावन्तले अभिनय गर्ने भएकी छन् । राखीलाई मौलिकता समाएर अभिनय गर्न सल्लाह दिँदै उनले त्यसो भएमा चलचित्र सानदार हुने दाबी पनि गरिन् । (एजेन्सी)

Related

मनोरञ्जन 8437035177078667456

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item