उफ ! फेरि बन्द

http://sindhulidarpan.blogspot.com/2012/05/s_7557.html
नेपालगन्ज, जेठ १ । विभिन्न राजनीतिक दल तथा सङ्गठन र सङ्घर्ष समितिको नाममा आइतबारसम्म बन्दको पीडाबाट मुक्ति पाएका खुसीमा रमाउन नपाउँदै थारू समुदायले फेरि आजदेखि लगातार पाँच दिनसम्म बन्दको आह्वान गरेका छन् ।
थारू सङ्घर्ष समितिले चितवनदेखि कञ्चनपुरसम्मको जिल्ला थरूहट स्वायत्त प्रदेश हुनुपर्ने माग राखी जेठ ५ गतेसम्म ती जिल्लामा बन्दको आह्वान गरेको जानकारी आज बिहान गराएको छ ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन नेपालगन्जबाट सञ्चालनमा हुन सकेका छैनन् भने यहाँका उद्योग, शैक्षिक प्रतिष्ठान, ठूला पसलसमेत बन्द रहेका छन् । बन्द आह्वानकर्ताले प्रेस तथा एम्बुलेन्स सञ्चालनमा भने बाधा नपु¥याउने जनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !