४० वर्षपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली डाँडापारी
http://sindhulidarpan.blogspot.com/2012/05/i.html
प्रकाश सुन्दास,
काभ्रे,वैशाख २५ ।
४० वर्षपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली आज काभ्रेको अति विकट डाँडापारि क्षेत्रतर्फ प्रस्थान गरेको छ । घुम्ती शिविरका लागि एक साता लामो यात्रा तय गरेर बिहान त्यसतर्फ हिडेको टोलीमा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालसहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमूखहरु, पत्रकार, गाविस सचिवहरु सहभागी छन् ।
टोलीले भोलि बुढाखानी, फोक्सिङटार, बनखु र गोकुले गाविसलाई केन्द्रबिन्दु बनाएर घर्तीछाप गाविसमा शिविर सञ्चालन गर्नेछ । त्यस्तै २८ गते डाँडागाउँ, मेल्चे, साल्धारा, फलामेटार गाविसलाई समेटेर तालढुङगा गाविसमा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । अति विकट १० गाविसका नागरिकलाई स्थानीय स्तरमै जिल्लाका सम्पुर्ण सरकारी कार्यालयहरुको सेवा सुविधा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको प्रजिअ बस्यालको भनाइ छ । घुम्ती शिविरमा नेपाली नागरिकता, अपाङ्ग परिचयपत्र, स्वास्थय शिविर, डाँडापारि भेगमा सञ्चालित विकास निर्माणका आयोजनाहरुको अनुगन गर्ने बताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !