पानी छोएको भन्दै दलित महिलामाथि कुटपिट घटना गाउमै मिलाउन दवाव
http://sindhulidarpan.blogspot.com/2012/05/i_07.html
लहान,वैशाख २५ ।
सिरहाको उतरवर्ती क्षेत्रमा पर्ने जम्दह गाविस ९ मुसहर्निया टोलकी २२ वर्षीया हिरा सदायलाई २५ वर्षकी डेनो लामा र ४५ वर्षीया इन्द्रा लामाले पानी छोएको भन्दै सार्वजानिक इनारमा निर्घात कुटपिट गरेका छन् । तर कुटपिटको घटना गाँउमा मिलाउन दलित समुदायलाई स्थानीयले दवाव दिएका छन् । स्थानीय तामङ समुदायले पीडित र स्थानिय दलित समुदायहरुलाई उजुरी फिर्ता लिन, पत्रपत्रिकामा समचार नलेखाउन, अधिकारकर्मीहरु नभन्न दलित समुदायलाई दवाव दिएको हो ।
पीतिड हिरा सदायले आफुलाई घटनाको बारेमा कही कतै पनि नभन्न दवाब दिएको बताउनुभयो । इन्देणी सेवा समाजका केही कर्मचारी, राजनितीक दलका प्रतिनिधीहरु समेतले पनि घटना गाउँमै मिलाउन दवाव दिइरहेको बताइएको छ । इलाका प्रहरी कार्यालय गोलवजारका सई शैलेन्द्र गच्छेदारले घटनाको वारेमा पीडितले वैशाख २२ गते डाडो उजुरी दिईएको र सो वारेमा मुद्दा दर्ता गराउन दलित अुगुवाहरु पहल गरिरहेको बताए । तर प्रहरीले हालसम्म दलितको घटनाको दोषीलाई पक्राउ गर्नुको सटा संरक्षण गरिरहेको पीडितले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !