सद्भावनाको अध्यक्षमा महतो निर्विरोध,

जनकपुर,वैशाख २५ । 
सद्भावना पार्टीको जनकपुरमा सम्पन्न पाँचौ महाधिवेशनबाट पार्टीको राष्ट्रिय अध्यक्ष पदमा राजेन्द्र महतो पुननिर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएको भए पनि महतो बाहेककाले  उम्मेदवारी फिर्ता लिएपछि महतो निर्विरोध निर्वाचित हुनुभएको हो । बैशाख २२ गतेदेखि सुरु भएको महाधिवेशनको तेस्रो दिन आईतवार बिहान अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजेन्द्र महतो, आनन्दप्रकाश पाण्डे र आनन्दप्रकाश गुप्ताले उम्मेदवारी दिनु भएको थियो । पाण्डेले वर्तमान  बिषम राजनीतिक परिस्थितिमा आफु सो पदका लागि सक्षम नभएको भन्दै उम्मेदवारी फिर्ता लिनु भयो भने गुप्ताले सहमतिमा जाने बताउँदै उम्मेदवारी फिर्ता लिनुभएको थियोे । 

यसैगरी केन्द्रीय सदस्य पदमा १ सय २२ जनाले उम्मेदवारी दर्ता गराएकोमा मुस्लिम कोटाबाट  निजामुद्दिन समानी र अफजल हुसेन (बच्चाबाबु) सर्वसम्मतीले चुनिनु भएको छ, भने जनजाति महिलातर्फ द्रौपदीगणेश गनगाई र देवकीदेवी चौधरी चुनिनु भएको छ । त्यस्तै गैर मधेशी महिलामा रेखा घिमिरे र इन्दु सुवेदी, दलित महिलामा शान्तिदेवी राम, गैर मधेशी पुरुषमा नरेन्द्रराज वाग्ले र अर्जुन उप्रेती सर्वसम्मतीले केन्द्रीय सदस्य पदमा चयन हुनुु भएको छ । बाँकी केन्द्रीय सदस्यहरु पनि सर्वसम्मतीले चयनका लागि प्रयास भइरहेको र आज बेलुकासम्म घोषणा हुने पार्टी संसदीय समितिका अध्यक्षसमेत रहनु भएका निर्वाचन अधिकृत अरुणकुमार सिंहले बताउनुभयो ।  

Related

विविध 4623550007810319357

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item