‘सुदूरपश्चिमलाई बार्ताका लागि आह्वान’
http://sindhulidarpan.blogspot.com/2012/05/s_1329.html
काठमाडौं, वैशाख २५।
प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेले सुदूरपश्चिममा जारी आमहड्ताल तथा बन्दका कार्यक्रम फिर्ता लिएर बार्ताका लागि आह्वान गरेका छन् । सिंहदरबारमा आज बसेको प्रधानमन्त्री बावुराम भट्टराई सहित तीन दलका शीर्ष नेताहरुको बैठकले अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत स्थानीय संघ, गठनहरुसँग बार्ता गर्ने निर्णय गरेका हुन् । तीन दलको आग्रह र सुझावमा प्रधानमन्त्री भट्टराईले सुदूरपश्चिममा आन्दोलनरत स्थानीय संघ, संगठनलाई बार्तामा आह्वान गर्नु भएको हो ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री भट्टराई सुदूरपश्चिममा जारी आन्दोलन र बन्द लगायतका कार्यक्रम फिर्ता लिएर बार्ताका लागि आह्वान गर्ने निर्णय भएको बताउनुभयो । उहाँले प्रमुख तीन दल सुदूरपश्चिमका मागप्रति सकारात्मक रहेको भन्दै बार्ता र सम्बादबाट मागको सम्बोधन गर्न सकिने बताउनु भएको छ । ‘सुदूरपश्चिमको मागप्रति सरकार गम्भीर छ’, प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘बन्द, हड्ताल लगायतका कार्यक्रम फिर्ता लिएर बार्तामा आउनका लागि आह्वान गर्छु ।’ सरकारले बार्ताका लागि बार्ता समिति समेत गठन गर्ने भएको छ । विगत दुई सातादेखिको अनिश्चितकालिन बन्दका कारण सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दले गर्दा सर्वसाधारण मजदुर, विरामीहरु धैरै मर्कामा परेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !