एमाओवादी र एमालेवीच आरोप प्रत्यारोप
http://sindhulidarpan.blogspot.com/2012/05/s_6986.html
काठमाडौं, वैशाख २५ ।
प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतृत्ववीच सहमतीय सरकार र संविधानका विवादित विषयमा सहमति खोज्न छलफललाई तिव्रता दिने निष्कर्ष निकालेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको तीन दलको बैठकमा सहमति गरेपनि एमाले सरकारका सहभागी नभएको भन्दै एमाओवादीले असन्तुष्टि जनाएको छ । बैठकमा एमाओवादी अध्यक्ष दाहालले पाँच बुँदे सहमति गरेपनि एमालेले सरकारमा सहभागिता नजनाएर धोका दिएको आरोप लगाउनु भएको छ ।
जवाफमा एमालेले सहमति विपरित आफूहरुसँग छलफल नै नगरेर मन्त्रालय विभाजन गर्नुका साथै मन्त्रालय विभाजन गरेको भन्दै असन्तुष्टि जनाएको थियो । छलफलमा एमालेलाई सरकारमा सहभागी गराउने र मन्त्रीको सिफारिस गर्न गरिएको नेताहरुले बताएका छन् । यसैवीच, प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति खोज्नका लागि दुई दिन थप गर्न संवैधानिक समितिलाई आग्रह गर्ने निर्णय समेत गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !