सिन्धुलीका गाबिस सतप्रतिसत जन्मदर्ताको गाबिस बन्दै

उमा पौडेल,
सिन्धुली,वैशाख २५ । 
सिन्धुली जिल्लामा सन् २०१२ को जुनसम्म ७ गाबिस सतप्रतिसत जन्मदर्ता गर्ने गाबिस बन्दै छन् । प्लान नेपालको सहयोग तथा गाबिसह तथा संस्थाहरुको समन्वयमा सतप्रतिसत जन्मदर्ता गर्ने गाबिस घोषणा गर्ने तयारीमा लागिएको प्लान नेपाल सिन्धुलीका सुचना , सन्चार तथा प्रबिधि संयोजक अशेष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार   िसन्ुधलीका दुई गाबिसहरु झागाझोली रातमाटा र भद्रकाली गाबिस सतप्रतिसत बालबालिकाको जन्मदर्ता गर्ने गाबिस घोषणा गरिएको छ । 

जन्मदर्ता शिबिर संचालन गरि पुर्ण जन्मदर्ता गर्ने गाबिस घोषणा गरिएको पनि उहाँको भनाई छ । प्लानले सन् २०१२ जुनसम्ममा जिल्लका निपाने , भिमेश्वर , बेलघारी , महादेबस्थान र कपिलाकोट गाबिसलाई सतप्रतिसत जन्मदर्ता गर्ने गाबिस घोषणा गर्ने तयारी गरिरहेको प्लानको भनाई छ । प्लान नेपालको बाल प्रबद्र्धन कार्यक्रम अन्तर्गत सिन्धुलीमा ४७ दशमलब ८९ प्रतिशत बालबालिकाको मात्र समयमै जन्मदर्ता हुने गरेको बताउदै आगामि चारबर्षमा यसको प्रतिशत ९० पुर्याउन. लक्ष्य लिएको उनको भनाई छ ।


 सोहि लक्ष्य अनुसार जुनसम्ममा ७ गाबिसमा सतप्रतिसत जन्मदर्ता गरिन लागिएको पनि उनले जानकारी दिए । चारबर्षमा ९० प्रतिसत जन्मदर्ता गराउनका लागि प्लानले जिल्लाका २० गाबिस र कमलामाई नगरपालीकामा ब्यक्तिगत घटना दर्ता प्रणाली सफ्वयर संचालन गर्ने पनि जनाएको छ । चारबर्षमा भद्रकाली , जलकन्या मझुवा, रतनचुरा भिमेश्वर , पुरानो झागाँझोली , रातमाटा झागाझोली , डाडिगुरासे , कपिलाकोट , महादेबस्थान , रानीचुरी , भिमस्थान , बेलघारी, निपाने , रानीवास , हर्षाहि , शितलपाटी , हत्पते , सिर्थोली र आम्बोटे गाबिसमा यो प्रबिधि समेत भित्राउने तयारी भएको प्लान नेपालको भनाई छ ।

Related

स्थानिय 2066085188695666037

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item