गैडाको खाग र चितुवाको छालासहित पक्राउ

काठमाडौं,  वैशाख २४ । 


दाङ घर भएका एक युवकलाई प्रहरीले काठमाडौंमा गैंडाको खाग सहित पक्राउ गरेको छ । गोंगबु पवित्रनगरस्थित लम्जुङ स्थायी घर भएका प्रमोद अधिकारीको डेराकोठाबाट घोराही नगरपालिका–७ का तेज बिकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बिक हाल मनमैजु नेपालटारमा बस्दै आएका थिए ।


बिकको पिछा गर्दै जाँदा प्रहरीले २७ वर्षीय बि.क. र अधिकारीलाई गैंडाको खाग १ थान सहित पक्राउ गरेको जनाएको छ । यसैवीच, प्रहरीले बालाजु नेपालटार पुल नजिकबाट नुवाकोट जिल्ला सामरीफलाटे–३ घर भएका ५३ वर्षीय बिष्णु तामाङसँग चितुवाको छाला सहित पक्राउ गरेको छ ।

Related

विविध 8795226958111783382

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item