१६ वर्षअघि नै सेक्स अनुभव लिन्छन वेलायती किशोरी

बेलायतमा गरिएको एक अध्ययनले केटाहरु भन्दा केटीहरुले सानै उमेरमा सेक्सको अनुभव लिने गरेको देखाएको छ । १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटीहरुमा गरिएको सर्भेको नतिजा अनुसार सयमा २७ जना केटीहरुले १६ वर्ष अगावै सम्भोगको स्वाद चाखेका छन् । तर १६ वर्षअघि नै सेक्स गर्ने केटाहरुको संख्या भने कम छ । नतिजा अनुसार सयमा २२ जना केटाहरुले मात्र १६ वर्ष नपुग्दै सम्भोगको अनुभव लिन पाएका छन् । 

 अध्ययनले १६ वर्षे जोवन अघि नै सेक्सको स्वाद लिनेमा किशोर भन्दा किशोरीहरु अघि रहेको देखाएको हो । अध्ययन अनुसार केटीहरुमा सानै उमेरमा सेक्स गर्ने दर पुस्तै पिच्छे बढ्दै गएको छ । 

तर केटाहरुको हकमा भने सानो उमेरको सेक्सको दरमा खासै बढोत्तरी भएको नपाइएको बताइएको छ । अझ अर्को रोचक कुरा त के भने १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटी मध्ये हरेक दशमा १ जनाले आफ्ना १० जनाभन्दा बढि सेक्स पार्टनर रहेको बताएका छन् ।- (ऐजेन्सि)- 

Related

प्रमूखखबरहरु 4343356827478706749

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item