"एमाले सरकारमा नजाने"
http://sindhulidarpan.blogspot.com/2012/05/blog-post_9483.html
काठमाडौं, वैशाख २४ ।
बैठकमा स्थायी समितिले राखेको दुई बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी सक्किएको छ । बैठकमा धारणा राख्ने अधिकांस केन्द्रीय सदस्यले आफैले विपक्षमा मतदान गरेको सरकारमा सहभागी हुन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । सरकारमा सहभागिताको विषयमा केन्द्रीय सदस्यले आलोचना गरेपछि बैठकमा केही असहज भएको थियो ।
नेकपा एमालेले तत्काल प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री भट्टराई र एमाओवादीले पाँच बुँदे सहमति भएको अर्को दिनबाट एमालेलाई वेवास्ता गरेको ठहर समेत गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेले शान्ति र संविधानका लागि सरकार बाहिर रहेर सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘शान्ति र संविधान हाम्रो पहिलो प्राथमिकता हो, त्यसलाई सहयोग गर्छाै ।’
एमालेले संविधानका बिवादित विषयमा हुने सहमति र प्रधानमन्त्री भट्टराईसँगको बार्ताका आधारमा सरकारमा सहभागी हुने वा नहुने विषयमा तय हुने जनाएको छ ।
‘पाँच बुँदे सहमति भएको अर्को दिनबाट एमालेलाई वेवास्ता गरियो’, नेता ज्ञवालीले भन्नुभयो , ‘मन्त्रालय विभाजन होस वा पोर्टफोलियो लगायतमा हामीसँग सरसल्लाहनै गरिएन ।’
बैठकमा स्थायी समितिले राखेको दुई बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी सक्किएको छ । बैठकमा धारणा राख्ने अधिकांस केन्द्रीय सदस्यले आफैले विपक्षमा मतदान गरेको सरकारमा सहभागी हुन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । सरकारमा सहभागिताको विषयमा केन्द्रीय सदस्यले आलोचना गरेपछि बैठकमा केही असहज भएको थियो ।
अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म सरकारमा सहभागी हुन नहुने सुझाव दिएका थिए । केहीले संविधानका बिवादित विषयमा सहमति जुटेपछि मात्रै सरकारमा सहभागी हुने अन्यथा बाहिरैबाट समर्थन गर्नपनि सुझाव दिए । यद्यपि केही केन्द्रीय सदस्यले भने पाँच बुँदे सहमति गरेर पार्टी चुकिसकेकाले सरकारमा सहभागी हुनुनै उचित हुने सुझाव पनि दिएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !