‘सहमति नभए संविधानसभामा मतदान’
http://sindhulidarpan.blogspot.com/2012/05/s_06.html
काठमाडौं, वैशाख २४ ।
संविधानका विवादित विषयमा सहमतिका लागि प्रमुख दलहरुले दैनिक सरह छलफल गर्दै आएपनि कुनै ठोस सहमति हुन सकेको छैन ।
राज्य पुनर्संरचना र शासकीय स्वरुपमा दलहरुका वीच चर्को विवाद रहेको छ । तीन दिन भित्र सहमति गर्ने जनाएपनि दलहरुका आआफ्नै अडान रहेपछि निकास आउन नसकेको हो । सहमतिका लागि निकास खोज्ने जिम्मेवारी सोमबार विहान सम्म मात्रै छ ।
राज्य पुनर्संरचना र शासकीय स्वरुप लगायतका विषयमा दलहरुका वीच सहमति हुन नसके सोमबार बस्ने संविधानसभा बैठकमा प्रक्रियामा लगेर मतदान मार्फत टुङगाउने नेताहरुको भनाई छ ।
सहमति हुन नसकेका विषयलाई प्रक्रियामा लगेर संविधानसभाबाट मतदानबाट टुङगाउने यस अघि नै प्रमुख दलहरुले सहमति गरिसकेका छन् ।
राज्य पुनर्संरचनाका क्रममा संघीय राज्यको संख्या, नामाकरण र सीमाङकनमा दलहरुका वीच विवाद छ । शासकीय स्वरुपमा भने दलहरु सहमति नजिक रहेको दाबी गर्दै आएका छन् ।
प्रमुख दलहरुका कारण संविधानसभा बैठक पाँच पटक सूचना टाँस गरेर स्थगित भईसकेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !