वेपत्ताको खोजी कार्य जारी

पोखरा,वैशाख २४ । 

सेती नदीमा हिजो एक्कासी आएको बाढीका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक मध्ये पोखरा उपमहानगरपालिका वडा नं ८ की अर्चना श्रेष्ठ र सार्दीखोला गाविस  वडा नम्बर ७ खारापानीका गोपाल ताम्राकारको मात्र सनाखत भएको छ । कास्कीको माछापुच्छे« गाविसको साँदलभन्दा केही माथि करिव साढे ११ हजार फिटको उचाईमा पहिरो गएर सेती नदि थुनिएर बनेको ताल हिजो करिव विहान साढे ९ बजेतिर फुटेको थियो । त्यसपछि सेती नदिमा आएको पानीको उच्च वहावले माछापुच्छे गाविस ९ साँदल र भुजुङको खारपानी लगायतका स्थानबाट बगाउँदा १३ जनाको मृत्यु भएको हो ।

 माछापुच्छे« बेसक्याम्प भन्दा केही तल करिव साढे ११ हजारको उचाईमा माटोको ढिस्को खस्दा सेती नदि थुनिएको घटनास्थलको निरीक्षण गरी फर्किएको टोलीले जानकारी दिएको छ । टोलीले पोखरा एअरपोर्टमा रहेको नेपाली सेनाको काली भञ्जन गणमा पत्रकार सम्मेलन गरी घटनास्थल, पानीको उच्च वहावले पु¥याएको क्षति तथा उद्दार र राहत कार्यबारे जानकारी दिएको हो । टोलीले पुनः पहिरो या वाढी आउने सम्भावना नरहेको जनाएको छ ।  विहानै देखि नेपाली सेना , सस्त्रप्रहरी ,जनपथ प्रहरीले बेप्ताहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

Related

विविध 2948540987434748979

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item