एमाले सरकार जाने नजाने टुङ्गो आज लगाउँदै
http://sindhulidarpan.blogspot.com/2012/05/s_5235.html
काठमाण्डौ,वैशाख २४ ।
पाण्डेले एमाले सरकारका जाने सम्भावना बढीरहेकाले आज सरकारका कसलाई पठाउने भन्नेमा समेत छलफल हुने बताउनुभयो । एमालेमा केही सदस्यहरुले कांग्रेसको नेतृत्वको सरकारका सहभागिता जनाउने तर अहिले समर्थन गरेर मात्रै जानुपर्ने भनाई राख्दै आएका छन् । यो सरकार बहुमतकै जगमा रहेकाले बाहिरै बसेर समर्थन जनाउनुपर्नेमा सदस्यहरुको भनाई आइरहेको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।
नेकपा एमालेले सरकारको सहभागिताका विषयमा आज निर्णय गर्ने भएको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्ने केन्द्रीय समितिको बैठकमा दलहरुबीच भएको पाँचबुदे सहमति र सरकारको सहभागिताका विषयमा छलफल हुनेछ । बाँकी रहेका केन्द्रीय सदस्यहरुले बोलेपछि आज सरकारमा सहभागि हुने वा नहुने विषयमा निर्णय हुनेछ । एमाले नेता सुरेन्द्र पाण्डेले अधिकांस सदस्यहरु बोल्न बाँकी रहेको र आजको बैठकमा वोलीसकेपछि निर्णय लिने बताउनुभयो ।
पाण्डेले एमाले सरकारका जाने सम्भावना बढीरहेकाले आज सरकारका कसलाई पठाउने भन्नेमा समेत छलफल हुने बताउनुभयो । एमालेमा केही सदस्यहरुले कांग्रेसको नेतृत्वको सरकारका सहभागिता जनाउने तर अहिले समर्थन गरेर मात्रै जानुपर्ने भनाई राख्दै आएका छन् । यो सरकार बहुमतकै जगमा रहेकाले बाहिरै बसेर समर्थन जनाउनुपर्नेमा सदस्यहरुको भनाई आइरहेको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !