राज्यपुनर्संरचना बाहेकका विषयमा मतदान हुने

काठमाण्डौ,बैशाख ३१
राज्यपुनर्संरचना बाहेकका भावी संविधानका ३० ओटा विवादित विषयमा आजदेखि संविधानसभामा मतदान हुने भएको छ । मतदान प्रक्रिया सुरु गर्नको लागि संविधानसभाको बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । संविधानसभामा शासकीय स्वरुपसहित विवादित विषयमा मतदान हुनेछ । 

सहमतिको आधारमा भावी संविधानका विवाद मिलाउने प्रमुख तीन दल र मधेसी मोर्चाको प्रयास निष्कर्षमा पुग्न नसकेपछि आजदेखि संविधानसभामा मतदान गरेर विवादका विषय टुङ्ग्याइने भएको हो । मतदानको लागि भन्दै संविधानसभाको बैठक पटकपटक बोलाइएको भए पनि सकभर सहमतिमै विवाद मिलाउने दलहरुले बताएका कारण संविधानसभाको बैठक सर्दै आएको छ ।  संवैधानिक उपसमितिले तयार पारेको प्रश्नावलीको आधारमा संविधानसभामा मतदान प्रक्रिया सुरु हुनेछ ।  

Related

राष्ट्रिय 2153050069048610441

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item