शब्द संयोजनमा‘मोदनाथ प्रश्रित’

काठमाडौँ,  वैशाख ३० । 

शब्द संयोजन साहित्यिक मासिकको ९५ औँ अङ्क मोदनाथ प्रश्रित विशेषाङ्कका रूपमा प्रकाशित भएको छ ।  यसअघि पनि प्रश्रितका विषयमा ‘जुही’ साहित्यिक पत्रिकाले विशेषाङ्क प्रकाशन गरेको र शब्द संयोजनले त्यसको दोस्रो खण्डका रूपमा अर्काे प्रकाशन गरेको शब्द संयोजन मासिकका प्रधानसम्पादक वासुदेव अधिकारीले जानकारी दिनुभयो । 

प्रा राजेन्द्र सुवेदीले ८० जना स्रष्टाले मोदनाथ प्रश्रितको बहुआयामिक व्यक्तित्वका बारेमा र उहाँले लेख्नुभएका साहित्यका सबै विधाका कृतिका बारेमा बृहत् चर्चा, विश्लेषण, समालोचना गर्नुभएको सो कृति अनुसन्धानात्मक रहेको धारणा व्यक्त गर्नुभयो । प्रा डा माधवप्रसाद पोखरेलले विशेषाङ्क अत्यन्तै पठनीय, सङ्ग्रहणीय र ऐतिहासिक रहेको चर्चा गर्नुभयो । 

शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक वासुदेव अधिकारीले पाँच–पाँच दर्जन नेपाली साहित्यका सबै विधाका कृति रचना गरिसकेका, रचनाकै माध्यमबाट नेपाली समाजको रूपान्तरणको अभियान हाँक्न सफल वैचारिक व्यक्तित्वका बारेमा पर्याप्त चर्चा हुन नसकेको धारणा राख्नुभयो । सो विशेषाङ्कको राष्ट्रपति डा रामवरण यादवले शुक्रबार विशेष समारोहबीच विमोचन गर्नुभएको थियो ।

Related

विचाररसाहित्य 2645069143972032126

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item