सहमतिको प्रयासलाई दलहरुले आज पनि जारी राख्ने

काठमाण्डौ,बैशाख ३१
प्रमुख राजनीतिक दल एमाओवादी, नेपाली काङ्ग्रेस, एमाले र मधेसी मोर्चाले संविधानका विवादित विषयमा सहमतिको प्रयासलाई आज पनि जारी राख्ने भएका छन् । आज पनि दलहरुले आन्तरिक र दुईपक्षीय परामर्श गर्ने भएका छन् । दलहरुकाबीच विशेष गरेर राज्य पुनर्संरचना र शासकीय स्वरुपको बारेमा कुरा मिल्न सकेको छैन । हिजो बसेको मोर्चासहित प्रमुख तीन दलको बैठकमा ११ प्रदेशको बारेमा छलफल भए पनि सीमाङ्कन तथा नामाङ्कनको बारेमा कुरा मिल्न सकेको थिएन ।

 माओवादीले जातीय राज्यको अडान नछोडेका कारण दलहरुबीच कुरा मिल्न समस्या भएको एमाले नेता प्रदीप ज्ञवालीले सीआईएनलाई जानकारी दिनुभयो । दलहरुले सहमति जुट्न नसके प्रक्रियामा लगेर संविधानसभा मार्फत मतदानबाट विवादित विषय टुङग्याउने छन् । मतदान प्रक्रिया सुरु भए पनि राज्यपुनर्संरचनाको बारेमा सहमतिका लागि प्रयास भइरहने एमाले नेता ज्ञवालीको भनाइछ । नयाँ संविधान जारी गर्ने समय निजिकिदै गर्दा पनि दलहरुले विवादित विषयमा सहमति जुटाउन सकेका छैनन् । 

Related

राष्ट्रिय 2990878417874517942

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item