प्रदर्शनकारीद्वारा प्रहरी स्कर्टिङमा रहेका दर्जनौँ सवारी साधन तोडफोड

पर्सा,  जेठ  । बृहत् मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले गएराति वीरगन्जका विभिन्न ठाउँमा एक दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेका छन् । 

वीरगन्ज भन्सारबाट जाँचपास गरी मुलुकका विभिन्न स्थानका लागि मालसामान बोकेका मालवाहक बाहनलाई राति प्रहरीले स्कर्टिङ गरी जिल्ला कटाउन खोज्दा प्रदर्शनकारीले सवारी साधनमा तोडफोड गरेका हुन् ।

भन्सारबाट प्रहरीको सुरक्षामा निकालिएका सयौँ बाहनमाथि प्रदर्शनकारीहरुले वीरगन्जको बाइपास रोडका मुर्ली, नगवा, पिपरा चौकमा ढुङ्गामुढा गर्दा दर्जनौंँ बाहनमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यस्तै आन्दोलनकारीले बारा जिल्लाको डिपिएस स्कुलअगाडि मूल सडक र परवानीपुर चौकमा समेत स्कर्टिङमा गइरहेका मालवाहक बाहनहरुमाथि ढुङ्गामुढा गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । 

स्कर्टिङमा रहेका बाहनमाथि प्रदर्शनकारीले तोडफोड गरेपछि बारा जिल्लाको परवानीपुर चौकमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप समेत भएको मधेसी जनअधिकार फोरम (नेपाल) पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो । यद्यपि झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  

राति करिब १० बजे चोकचोकमा लुकेर बसेका प्रदर्शनकारीले स्कर्टिङमा गइरहेका ट्रक, ट्याङ्करमा अकस्मात ढुङ्गामुढा गरेका थिए । मालवाहक बाहनमा भएको क्षतिबारे विस्तृत विवरण अझै आउन सकेको छैन । 
–ः २ ः–

समग्र मधेस एक स्वायत प्रदेशको माग गर्दै बृहत मधेसी मोर्चाले शुक्रबारदेखि अनिश्चिकालीन मधेस बन्दको घोषणा गरेको छ । बन्दका कारण पर्साको जनजीवन प्रभावित बनेको छ ।  विगत नौ दिनदेखि विभिन्न राजनीतिक तथा जातीय सङ्गठनले विभिन्न माग राखी जिल्ला  बन्द गराउँदै आएका कारण वीरगन्जबाट मुलुकका विभिन्न स्थानमा चल्ने सवारी साधन बन्द छन् । 


Related

राष्ट्रिय 3317463737118493469

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item