जुनार किसानलाई विषादी वितरण

उद्धवकुमार कार्की,रामेछाप,जेठ ५ । रामेछापका जुनार कृषकहरुलाई आज एक कार्यक्रमको वीच विषदी वितरण गरिएको छ । जुनारका वोटलाई रोगबाट बचाउँन विषादी वितरण गरिएको हो । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत व्यवसायिक जुनार खेती गरिरहेका  जिल्लाको रामेछाप, सुकाजोर, ओख्रेनी, सामपुर र सालु  गाविसका १२ कृषक समुहका ३ सय ६५ परिवार कृषकहरुलाई विषादी वितरण गरिएको हो । 

कृर्षि सेवा केन्द्र रामेछपमा भएको विषादी वितरण कार्यक्रममा कृषक समुहको २ लाख ३३  हजार ५ सय र एक गाउँ एक उत्पादन कार्यक्रमको २ लाख ३३ हजार ५ सय गरि ४ लाख ६७ हजारमा खरिद गरिएको विषादी वितरण गरिएको छ । समुहमा आवद्ध कृषकहरुलाई चुन, निलोतुथो, केराथिन, रोगर र सर्वे आयल नामक विषादी वितरण गरिएको हो ।  

कार्यक्रममा प्रमुख अतिथि एवं जुनार विकास संघ रामेछापका अध्यक्ष ढालविक्रम कार्कीले मेहनत परिश्राम गरेर फलाएको जुनारको बजारीकरणको राम्रो व्यावस्ता हुन नसक्दा किसानहरुले ढुक्क भएर खेती गर्न नसकेको बताउनु भयो । जुनार उत्पादनको हिसावले सिन्धुली पछि रामेछाप नेपालकै दोस्रो जिल्ला मानिन्छ । रामेछापमा ३७ गाविसमा जुनार खेती गरिदै आएको छ भने वार्षिक १२ सय मेट्रिकटन जुनार उत्पादन हुने गरेको छ । 

Related

प्रमूखखबरहरु 9066156927037337412

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item