ट्र्याक्टरले किचेर बालकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/05/s_2177.html
खोटाङ, जेठ १ । खोटाङ लठङ गाविस–६ का दशरथ राईको ५ वर्षीया छोरा अनुप राईलाई ट्र्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको छ । दिक्तेल इङ्गलिस बोर्डिङ स्कुलमा नर्सरी पढ्दै गरेका उनलाई स्कुल आउँदै गर्दा दिक्तेल–१ बैंक चोकमा ट्र्याक्टरले किचेको हो ।
बच्चालाई ट्र्याक्टरले किचेपछि स्थानीयहरुले ट्र्याक्टरलाई तोडफोड गरेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि दिक्तेल बजार बन्द छ भने बजारको स्थिति तनावग्रस्त भएको छ ।
बच्चालाई ट्र्याक्टरले किचेपछि स्थानीयहरुले ट्र्याक्टरलाई तोडफोड गरेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि दिक्तेल बजार बन्द छ भने बजारको स्थिति तनावग्रस्त भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !