एएफसी यु–२२ फुटबलमा नेपालसहित पाँच राष्ट्रको प्रतिष्पर्धा हुने

http://sindhulidarpan.blogspot.com/2012/05/s_2259.html
काठमाडौँ, वैशाख ३१ ।
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आगामी जेठ २० देखि ३० गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुने एएफसी यु–२२ एसिया छनोट कप फुटबल प्रतियोगिताको समूह ‘घ’ चरणका खेलहरुमा नेपालसहित पाँच राष्ट्रबीच प्रतिष्पर्धा हुनेछ ।
एसियाली फुटबल महासङ्घको कार्यक्रमअनुसार गरिने यो प्रतियोगितामा नेपाललगायत उज्वेकिस्तान, यमन, जोर्डन र बङ्गलादेशको यु–२२ टीमको सहभागिता रहने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो प्रतियोगितामा सहभागि हुने टीमको तयारीका लागि सङ्घले २७ खेलाडीलाई आज छनोट गरेको छ । छनोटमा परेका गोलरक्षकहरुमा विकेश कुथु, विशाल श्रेष्ठ, अमृतकुमार चौधरी र दिनेश थापा मगर छन् ।
त्यसैगरी डिफेन्डरहरुमा (रक्षात्मक पङ्क्तिमा) सवीन्द्र श्रेष्ठ, विकाससिंह क्षेत्री, रविन श्रेष्ठ, दीपक भूसाल, पाल्साङ लामा, अजित भण्डारी र रवि थापा रहेका छन् । मिडफिल्डमा विशाल राई, शिव श्रेष्ठ, रोशन लामिछाने, प्रवीण कार्की, गणेश खड्का, रुपेश केसी, अनिल ओझा, अमिर श्रेष्ठ र जगजित श्रेष्ठ रहेको एन्फाले जनाएको छ ।
एन्फाले छनोट गरेका फर्वाडहरुमा सुजल श्रेष्ठ, जाङ्गबु शेर्पा, असिमजङ कार्की, सुशील केसी र भरत खवास रहेका छन् । प्रतियोगिताको वैकल्पिक खेलाडीमा सुलभ मास्के परेका छन् । साथै खेलाडी रोहित चन्द हाल विदेशमा खेलिरहेकाले उनी विदेशबाट फर्केपश्चात् टीममा समावेश गरिने एन्फा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले बताउनुभयो । a
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !