गजल

http://sindhulidarpan.blogspot.com/2012/05/s_9833.html
मेरो देश मलाई सम्झि रुन्छ घरी घरी।
बगाई आँशु अनुहार धुन्छ घरी घरी।।
ओभाएन तिनका कहिल्यै पनि नयन।
वर्षायामको पानी झै आँशु चुन्छ घरी घरी।।
आँखाबाट बगाई आँशुका धाराहरु।
सम्झि सम्झि आत्मा जलाई छुन्छ घरी घरी।।
नयाँ बनाउँछु भन्दा फाट्दै गएका निती।
त्यो पनि चारैतिर सिलाई बुन्छ घरी घरी।।
दुश्मनले सिमानामा घरी घरी लात हान्दा।
नेपाली सपुतको शिर नुग्छ घरी घरी।।
कृष्ण कुसुम पुरानोझाँगाझोली वडा नँ.5 गाईखुरा(परेवाडाँडा) सिन्धुली
हाल मलेसिया
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !