ट्र्याक्टरमा ठोक्किँदा युवकको मृत्यु


राजविराज, वैशाख ३१ । सप्तरीको रायपुर गाविसस्थित सडकमा रोकिराखेको एउटा ट्र्याक्टरमा आज राति ९ः१५ बजे एक्कासी ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

रुपनीबाट राजविराज आउँदै गरेको को७प ७९७४ नम्बरको मोटरसाइकल राजविराज–रुपनी सडकस्थित रायपुरमा ठोक्किँदा राजविराज–८ निवासी बिजली शर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरी बकलौरी–३ निवासी सुनिल शर्मा गम्भीर घाइते भएका छन् ।

घाइतेलाई तत्कालै सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको छ । बेहास अवस्थामा रहेका उनको राजविराज अस्पतालमा उपचार भइरहेको छ ।  बिग्रिएर सडकमा रोकिएको को१त ८८१० नम्बरको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी नायब निरीक्षक विश्वनाथ यादवले जानकारी दिनुभयो । ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

Related

विविध 3839044977742282891

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item