स्थानीय बासी खुशी

http://sindhulidarpan.blogspot.com/2012/05/s_2827.html
प्रकाश सुन्दास,
काभ्रे,वैशाख ३१ ।
काभ्रे,वैशाख ३१ ।
काभ्रेको दुर्गम तथा अति विकट डाँडापारीका बासीन्दाहरुले आफनै गाउँ घरमा नेपाली नगरिकतासहितका सेवा सुविधा पाएपछि खुशी भएका छन् । ४० वर्षपछि गएको प्रमूख जिल्ला अधिकारी रुद्रनाथ बस्यालसहितको सरकारी टोलीले ५ दिनसम्म सदरमुकाममा उपलब्ध सबै सेवा दिएपछि स्थानीय बासिन्दाहरु खुशी भएका हुन ।
घुम्ती शिविरका लागि २५ गते डाँडापारी गएको टोलीले घर्तिछाप, गोकुले, बनखु, बुढाखानी, फोक्सीङटार, डाँडागाउ, साल्मेचाकल, तालढुंगा, साल्धारा, मिल्चे, फलामेटार लगायत गाविसका गरी ५ सय जनालाई नेपाली नागरिकता वितरण गरेको छ । गोकुले गाविस नम्बर ८ का ९१ वर्षिय काले तितुङले नागरिकता पाउँदा खुशीले आँखाबाट आँसु नै झार्नुभयो ।
‘गरिबी र अशिक्षितका कारण केही थाहा नपाएको बताउँने उहाँले वृद्धभत्ता पाउनु पर्ने उमेरमा नागरिकता पाउनु भएको हो । सरदमुकाम सम्म पहुँच नहुदाँ तितुङ जस्ता बृद्धबृद्धा अवस्थाका धेरै संख्यामा डाँडापारिका नागकिरले नागरिकता नलिएको प्रमुख जिल्ला अधिकारी बस्यालको भनाइ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !