मकवानपुरमा क्षयरोगी वृद्धि

हेटौँडा, जेठ १  । 


मकवानपुर जिल्लामा अहिले क्षयरोगका बिरामी करिब २५ प्रतिशतले बढेको छ । मकवानपुरमा हाल ६९५ जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसमा ४०० पुरुष र २९५ महिला रहेको बताइएको छ । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा जम्मा ६०० जना क्षयरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको एक तथ्याङ्कले जनाएको छ । 


यसैगरी मकवानपुरमा हाल १४ जना कुष्ठरोगका बिरामी रहेका छन् । ती क्षयरोगीहरूलाई जिल्लाको विभिन्न स्वास्थ्य चौकी, उपचौकी, प्राथमिक उपचार केन्द्र एवम् हेटौंडाको क्षयरोग केन्द्रमा दैनिक स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाइँदै आएको बताइएको छ ।  हेटौँडा औद्योगिक क्षेत्रभित्रका विभिन्न उद्योगमा कार्यरत कामदार र रिक्सा चालक क्षयरोगको लक्षण देखा पर्नासाथ अस्पताल वा स्वास्थ्य संस्था गई तत्काल उपचार नलिने प्रवृतिले क्षयरोगीहरू बढेको जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठ तथा क्षयरोग अधिकृत कपिलदेव झाले बताउनुभएको छ । 

Related

विविध 3566009577986754915

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item