पुरानोलाई ओझेलमा पार्दै नयाँ मधेसी मोर्चा

काठमाडौं, जेठ १। आफ्ना अधिकार सुनिश्चितताका लागि संघर्ष गर्दै आएको बृहत मधेसी मोर्चाले आन्दोलन व्यवस्थित गर्न बिभिन्न तीन वटा समिति गठन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समते ओझेलमा परेको बृहमत मधेसी मोर्चाले बिभिन्न दलका मधेसवादी सभासद र नेतालाई गोलबन्द गरेर आजदेखि आन्दोलन सुरु गरेको छ । यस मोर्चामा एमाओवादी, कांग्रेस, एमाले लगायत स्वयं मधेसी मोर्चाका पनि केन्द्रीय नेता तथा सभासदपनि सदस्य छन् । मोर्चाको कार्य सम्पादन समितिको आज सिंहदरबारमा बसेको बैठकले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयाजकत्वमा केन्द्रीय जनआन्दोलन परिचालन समिति गठन गरेको हो । समिति सदस्यमा सरतसिंह भण्डारी, विश्वेन्द्र पासवान, रामकुमार शर्मा, रामनरेश राय, महेश प्रसाद यादब र रामशिष गुप्ता रहेका छन् ।

कार्यसम्पादन समितिकी संयोजक सरिता गिरीद्वारा आज जारी विज्ञप्ती अनुसार एमाओवादीका सभासद तथा केन्द्रीय सदस्य प्रभु साहको संयोजकत्वमा संसदीय सघर्ष समिति गठन भएको छ । समितिमा आत्माराम साह, गोपाल ठाकुर, रेणु यादब, कौशल कुमार राय यादब, इस्तियाक राई र शिवराम यादब सदस्य छन् । नेपाल सद्भावना पार्टी आनन्दी देवीकी अध्यक्ष सरिता गिरी अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरिएको छ । समिति सदस्यमा प्रमोद प्रसाद गुप्ता, सुरिता साह, अभिषेक प्रताप साह र राम रिझन यादब रहेका छन् ।
मोर्चाले आजदेखि सुरु भएको आफ्नो आन्दोलनलाई व्यवस्थित बनाउने जनाएको छ । यसैवीच, कार्यसम्पादन समितिले कौशल सिंह नेतृत्वको पिछडा वर्ग महासंघलाई पनि मोर्चाको सदस्यता दिएको छ ।

Related

विविध 8412845304657593935

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item