जेठ १४ भित्रै संविधान:प्रचण्ड

http://sindhulidarpan.blogspot.com/2012/05/blog-post_6572.html
काठमाडौँ, जेठ १ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जसरी पनि जेठ १४ भित्रै संविधान जारी हुने बताउनुुभएको छ । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधानसभाको म्याद नथपिने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘संविधानसभाको म्याद थपिँदैन । यही जेठ १४ गतेभित्रै संविधान बन्छ ।’अध्यक्ष दाहालले संविधान लेखन प्रक्रिया रोकिएको नभइ विकसित परिस्थितिको गम्भीरतालाई हेरेर दलहरुबीच गम्भीर छलफल गरी नयाँ निकास निकाल्न प्रयास भइरहेको बताउनुभयो ।

बैठक औपचारिक विषयवस्तुमा प्रवेश नगरी सकिएको र अर्को बैठक पुनः आजै अपराह्न बस्ने भएको छ । मोर्चासहित तीनदलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री कार्यालयमा हुने र त्यसपछि उपसमितिको औपचारिक बैठक अपराह्न बस्ने तय भएको उपसमितिका सदस्य लक्ष्मणलाल कर्णले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !