अध्यक्ष नेम्वाङसँग अमेरिकी राजदूतको भेट

http://sindhulidarpan.blogspot.com/2012/05/s_6743.html
काठमाडौँ, जेठ १ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलेसीले आज शिष्टाचार भेट गर्नुभयो । सभाध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा संविधान निर्माणको विषयमा छलफल भएको बताइएको छ ।
सो अवसरमा अध्यक्ष नेम्वाङले दलहरुबीच सघन छलफल भइरहेकाले निर्धारित समयमै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजदूत डेलेसीले संविधान समयमै निर्माण हुन्छ भन्ने विषयमा सभाध्यक्ष नेम्वाङ विश्वस्त र आशावादी रहेको तथा दलहरुको बीचमा भइरहेका छलफलले सकारात्मक निकास दिने र तोकिएकै समयमा सङ्घीय गणतन्त्र नेपालको संविधान निर्माण हुने विषयमा आफू पनि आशावादी रहेको बताउनुभयो । नेपाल र नेपाली जनताको आशाको केन्द्रविन्दु बनेको संविधान लेखनको विषयमा सक्दो सहयोग गर्न अमेरिकी सरकार तयार रहेको समेत भेटका क्रममा उहाँले अवगत गराउनुभएको थियो । श्री डेलिसी नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !