छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता

काठमाण्डौ,जेठ १६ । नेपाल सोतोकान कराँते सङ्घ (एनएसकेए) को आयोजनामा आजदेखि २१ गतेसम्म छैटौं अन्तराष्ट्रिय कराँते प्रतियोगिता तथा प्राविधिक प्रशिक्षक सेमिनार आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा नेपाल, जापान, घान, युएई (दुवई) भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, र अफगानिस्तानका महिला तथा पुरुष खेलाडी गरी कूल एक हजार खेलाडीको सहभागिता रहनेछ । 

बिश्वमैं प्रसिद्ध मार्शलआर्ट खेल मध्येको एक खेलको रूपमा परिचत यस प्रतियोगिताले खेल पर्यटनलाई बढावा दिनुका साथै नेपाली खेलाडीहरूको स्तरवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल सोतोकान कराँते सङ्घ मूल आयोजक कमिटीका सदस्य–सचिव श्याम शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा सोतोकान स्टाईल मा १६ स्पर्धा हुनेछ, भने ओको स्टाइल (तौल समूह) मा २९ स्पर्धा गरी जम्मा ४५ स्वर्ण, ४५ रजत तथा ९० कास्य पदकको लागि प्रतिष्पर्धा हुनेछ । यसअघि भएको पाँचौं संस्करणमा आयोजक नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो । प्रतियोगितको टिम च्याम्पियनलाई नगद रू. ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Related

प्रमूखखबरहरु 5164147813009196209

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item