काभ्रेको एक गाविस दुई महिनादेखी अन्धारमा

http://sindhulidarpan.blogspot.com/2012/05/s_722.html
प्रकाश सुन्दास,काभ्रे,जेठ १६ । काभ्रेपलाञ्चोक जिल्लाको अति विकट डाँडापारि भेगमा पर्ने च्याम्राङबेसी गाविसका स्थानीय बासिन्दाहरु दुई महिना देखि अन्धकारमै बस्न बाध्य भएका छन् । बिग्रिएको २ महिना बित्तिसक्दा पनि ट्रान्समिटर निर्माणमा प्राधिकरण शाखा खोपासीले कुनै चासो नदिएपछि पुरै गाविसका नागरिकहरु अन्धकारमा बस्नु परेको वडा नम्बर २ का राम बहादुर सिङतानले जानकारी दिनुभयो ।
चट्याङले २५÷२५ केभिएको दुईवटा ट्रान्समिटरमा क्षति पु¥याएपछि स्थानीय बासिन्दाको दैनिकीमा निकै समस्या भएको छ । सिङतानका अनुसार विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयस्तरमा सञ्चालन भइरहेका घरेलु उद्योगहरु समेत बन्द हुनुका साथै हाइविद्युत् भोल्टेजका कारण एक लाख भन्दा बढी रकमको मोबाइल, टिभी, फ्रिज जस्ता विद्युतीय उपकरणहरु बिग्रिएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !