जनकपुरमा बम विस्फोट भएको आज १३ दिन

http://sindhulidarpan.blogspot.com/2012/05/s_2943.html
जनकपुर,वैशाख ३० ।
जनकपुरमा बम विस्फोट भएको आज १३ दिन पुरा भएको छ । मिथिला राज्यका लागि सहादत दिएका पाँच जना सहिदको बलिदानी प्रति ऐक्यवद्धता प्रकट गर्दै मिथिला राज्य संघर्ष समतिले आज जनकपुरमा श्रद्धाञ्जलि सभा गर्ने भएको छ । सहिदहरुको १३ औँ दिनको पुण्य तिथिका अवसर पारेर जानकी मन्दिरको प्राङगनमा दिउसो १ बजे सभा गर्ने समितिले जनाएको छ ।
‘हमरा सभक एक आवाज, संघीय शासन मिथिला राज’ मुल नाराका साथ गर्न लागिएको सभामा व्यापक जनसहभागिता गराइने भएको छ । मिथिला राज्यको माग गर्दै शान्तिपुर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरि गत वैशाख १८ गते भएको बम बिष्फोटमा परि ५ जनाले ज्यान गुमाएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !