३ जनालाई बेचविखन गर्न लैजाने पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/05/s_9987.html
सिरहा,वैशाख ३० ।
एक महिला र दुई जना बालबालिकालाई बेचविखन गर्न भारततर्फ लग्दै गरेको एक जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाका कुशहा गाविस ७ निवासी मोजबुल मियाँ भएको प्रहरीले जनाएको छ ।
सिरहाको ठाडी नाका हुदै तीनै जनालाई ट्रयाक्टरमा राती १२ बजे लैजादै गर्दा पक्राउ गरेको प्रहरी चौकी महेश्वारीले पक्रेको हो । पक्राउ परेका मियाँले मोरङ्ग जिल्ला हाटखोलाकी २८ वर्षीया अनिता चौधरी यादव, १० वर्षकी बालिका मनिषा यादव र ४ वर्षीया बालक सरोज यादवलाई बेच्न लैजान लागेको थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !