गरिबि निवारण कोषद्वारा कालिन्जोरमा ९६ लाखबढी रकम लगानी

सुरेश बिडारी,सर्लाही,जेठ १० ।  गरिबि निवारण कोषले सर्लाहीको कालिन्जोर गाविसमा मात्रै ९६ लाख भन्दा बढी रकम लगानी गरेको छ । कोषले समूह मार्फत गाँइ, भैसी, बाख्रा पालन जस्ता आयमुलक कामका लागि ९६ लाख १५ हजार ५ सय ८६ रुपैया लगानी गरेको हो । साझेदारी संस्था बाल संरक्षण संस्था मार्फत गरिबि निवारण कार्यक्रम सञ्चालनका क्रममा गठन भएका २३ वटा सामुदायिक संस्थाहरुले सो रकम आयआर्जनका काममा लगानी गरिरहेका छन् ।

  गाविस स्तरीय समिक्षा तथा समन्वय बैठकमा सहभागीहरुले गरिबि निवारण कार्यक्रमले आफूहरुको आर्थिक अवस्थामा सुधार ल्याएको सहभागीहरुले बताएको कार्यक्रम संयोजक दिनेश घिमिरेले जानकारी दिनुभयो । बैठकमा गाविस सचिव गोविन्द प्रसाद ढुङ्गेल, बाल संरक्षण संस्थाका अध्यक्ष राधा घिमिरे, कोषाध्यक्ष जमुना आचार्य, राजनीतिक दलका स्थानीय प्रतीनिधि लगायत २३ वटै समुदायिक संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको सहकर्मी दिपा देवकोटाले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 66917203884262064

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item