तिन महिने ढाका वुनाई तालीम सम्पन्न

http://sindhulidarpan.blogspot.com/2012/05/s_4960.html
अञ्जु तामाङ ,सिन्धुली,जेठ १० । सिन्धुलीका मझुवा गाविसमा संचालन गरीएको ३ महिने ढाका वुनाई तालीम एक कार्यक्रम विच समापन गरीएको छ । चेतना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा गाविस सचिव टिका प्रसाद आचार्यले तालीम प्राप्त महिलाहरुलाई व्यवसाय गर्न गाविसले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै कार्यक्रममा मन्तब्य व्यक्त गदै घरेलु विकास समिति सिन्धुलीका वरिष्ठ उद्योग अधिकृत गोकर्ण राज जोशीले महिलाहरुको लागी शिप भनेको शक्ती भएको भन्दै यसलाई राम्रो संग प्रयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । साथै उहाले घरेलुले पनि सक्दो सहयोग गर्ने बताउनुभएको छ । तीन महिने ढाका वुनाई तालीममा १२ जना
महिलाहरुको सहभागीता रहेको थियो । तालीममा सहभागहिरुलाई कार्यक्रमका प्रमुख अतिथिले प्रमाण पत्र वितरण गर्नु भएको थियो । समापन कार्यक्रममा राजनितिक पार्टीका प्रतिनिधि स्थानीय वुद्धीजिवी, लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागकिो तर्फवाट मन्तब्य राख्दै शारदा खत्रीले आफुहरु ढाका बुन्नमा सक्षम भएको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय सिन्धुलीको ६० हजार र मझुवा गाउ विकास समितिको ४० हजार आर्थीक सहयोमा तालीम संचालन गरीएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !