धारामा पानी नआउँदा किसाननगरबासी मर्कामा

महोत्तरी,जेठ २ । 


लामो समयदेखि धारामा पानी नआउँदा किसाननगर गाविसका नागरिकलाई खानेपानीको समस्या भएको छ । गएको वर्षातमा रातु खोलामा आएको बाढीले धनुषाको तुलसीमा रहेको खानेपानीको मुहानको फिल्टर र खानेपानी वितरणमा प्रयोग हुँदै आएको पाइप बगाएपछि किसाननगरको १ नम्वर वडा बाहेक सबै वडामा खानेपानी वितरण हुन छाडेको हो । 

पुरानो समितिको निस्क्रियताले गर्दा खानेपानीको काम नभएको भन्दै केही समयअघि स्थानियबासीले पुरानो समिति विघटन गरी शुक्रबहादुर कार्कीको अध्यक्षतामा नयाँ समिति गठन गरेका थिए । नव गठित किसाननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले अहिले भने बिग्रिएको खानेपानीको मुहान्को काम सुरु गरेको किसाननगरबाट शिक्षक रामसेवक महतोले जानकारी दिनुभयो ।

 किसाननगर गाविसबाट ४० हजार रुपैयाँ ऋण लिएर समितिले काम सुरु गरको हो । ४० हजार रुपैयाँबाट मुहानमा पानी छान्ने फिल्टर र इन्टेकको काम भइरहेको छ । धारामा पानी आउन छाडेपछि किसाननगरका स्थानियबासी इनारको पानी ओसारेर खान बाध्य भएका छन् । गाउँमा बिजुली पुगेको कारण धेरैले मोटर चलाएर पानी तान्ने गरेका शिक्षक महतोले जानकारी दिनुभयो ।

Related

विविध 1810130071157733760

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item