बन्द अवज्ञा गरेको भन्दै आगजनी

http://sindhulidarpan.blogspot.com/2012/05/s_3260.html
दाङ,जेठ १ ।
संघियता पक्षधर संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्द अवज्ञा गरेको भन्दै दाङ देउखुरीको नर्तिमा बन्दकर्ताहरुले एउटा मोटरसाईकलमा आगजनी गरेका छन् । यस्तै बन्दकर्ताहरुले दुई वटा बसमा तोडफोडसमेत गरेका छन् ।
भे २ प ९५६१ नम्वरको मोटरसाईकलमा आगजनी र नम्वर नखुलेका दुई वटा बसका सिसाहरु फुटाईको ईलाका प्रहरी कार्यालय लमहीका प्रमुख वेदप्रकाश जोसीले जानकारी दिनु भएको छ । बन्दको पूर्व सन्ध्यामा हिजो लमहीमा मसाल जुलुस निकालिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !