‘धर्मनिरपेक्ष राष्ट्रमा सबैको समर्थन छ’

काठमाण्डौ,वैशाख २४ ।

उपराष्ट्रपति परमानन्द झाले नयाँ संविधान तोकिएकै समयमा जारी हुनेमा विश्वासको आधार पलाएको बताउनु भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया निष्कर्षमा पुगिसकेकाले सहमतीय सरकारले तोकिएकै समयमा संविधान जारी गर्ने दाबी गर्नु भयो । उहाँले संविधान बन्ने आधार बढ्दै गएकाले सबैलाई शान्तिको पक्षमा लाग्न आग्रह गर्नु भएको छ ।


नेपाली जनताको इच्छा सबैसँग मिलेर बस्ने भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले भन्नु भयो, ‘धार्मिक सहिष्णुता हाम्रो पहिचान हो, यस पहिचानलाई जोगाई राख्नका लागि सबै नेपालीले सहयोग गनुपर्छ ।’
संविधानमा धर्म निरपेक्षता राख्न सबै नेपाली सहमत भइसकेको दाबी गर्दै उहाँले अब बन्ने संविधानले सबै धर्मको रक्षा गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

Related

राष्ट्रिय 4423036072242488460

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item