विद्युत चोरी गर्ने ३३ जना पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/05/s_1629.html
चितवन,वैशाख २४ ।
नेपाल विद्युत प्राधिकरण भरतपुरले आज पनि बिद्युत चोरी गरेर बाल्ने ३३ जनालाई पक्राउ गरेको छ । बिहान साढे तीन बजे छड्के चेक जाँचमा निस्किएको टोलीले पश्चिम चितवनको गितानगर, पटिहानी, पार्वतिपुर, जगतपुर र भरतपुर नगरपालीका भित्रैका विभिन्न स्थानबाट ३३ जनालाई पक्राउ गरेको हो । अत्याधिक बिद्युत चोरी हुने पश्चिम चितवनका बिभिन्न गाविसहरुमा प्राधिकरणले सशस्त्र र जनपथ प्रहरीसहित नियमित अनुगमन गरिरहेको छ ।
एका बिहानैको छड्के जाँचमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा राखिएको छ । उनीहरुलाई नियम अनुसार कारबाही गरेर छाडिने प्रधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो । पक्राउ परेकाहरुले घर र आफ्ना उद्योगहरुमा बिद्युत चोरी गरी प्रयोग गर्ने गरेको पाइएको छ । चेकजाँचका क्रममा विभिन्न सामानहरु पनि बरामद गरिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !