अवैध बलेरो बरामद

बारा,  वैशाख २४ । 


इलाका प्रहरी कार्यालय सिमराले बा८च २२०७ नम्बरको नक्कली नेपाली नम्बर प्लेट हालिएको चोरीको बलेरो गाडी बरामद गरेको छ ।   सिमरा–३ स्थित वाइसिएल क्याम्पभित्र अवैधरुपमा लुकाइछिपाई राखिएको सो गाडी वाइसिएलका कार्यकर्ताले दिएको सूचनाका आधारमा बरामद गरिएको हो । 

एकीकृत नेकपा (माओवादी) भोजपुरा इञ्चार्ज अञ्जना विसङ्खेले एक महिनादेखि चढ्दै आएको सो गाडी अवैध भएकाले आफूहरुले प्रहरीलाई जानकारी गराएको वाइसिएल जिल्ला सहसंयोजक उमेश पटेलले बताउनुभयो । 

पार्टीका केही नेताहरुले भारतीय नम्बरका चोरीका सवारीसाधन वाइसिएल र जनमुक्ति सेनाको नाममा अन्यत्र लैजाने क्रम बढेपछि पार्टी र वाइसिएलको बदनामी हुनबाट जोगाउन आफूहरुले बाध्य भएर प्रहरीलाई खबर गर्नुपरेको समेत सहसंयोजक पटेलले बताउनुभयो ।  इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक केपी शर्माले बरामद जिपको कागजपत्र केही दिनमा ल्याइदिने भनेकाले तत्कालै राजस्व कार्यालय चलान नगरिएको बताउनुभयो । 

Related

विविध 5333733157781292714

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item