‘हिमपहिरो पीडितलाई राहतको घोषणा’

कास्की,  वैशाख २४ । 


प्रधानमन्त्री बावुराम भट्टराईले सेती नदीमा आएको हिमबाढी÷पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहतको घोषणा गर्नु भएको छ ।
पत्नी हिसिला यमीका साथ कास्की पुग्नु भएका प्रधानमन्त्री भट्टराईले घटनाका पीडित परिवारहरुसँग भेटघाट गर्नुका साथै राहतको आश्वासन दिनु भएको छ ।
उहाँले स्थानीय प्रशासनलाई उद्धारमा कुनै पनि कमी र ढिलासस्ती नगर्न निर्देशन दिनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले सरकारका तर्फबाट मृत्तकका परिवारलाई तत्काल कृया खर्च स्वरुप २५ हजार उपलब्ध गराउने र प्रधानमन्त्री उद्धार कोषबाट प्रति मृत्तक परिवार १ लाख रुपियाँ उपलब्ध गराउने आश्वासन दिनु भएको छ ।
बाढीबाट घर विहिन भएकाहरुका लागि अस्थायी आवासका लागि तत्काल २५ हजार उपलब्ध गराउने समेत भट्टराईले बताउनु भएको छ । उहाँले घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले पुनःस्थापनाका लागि सरकारले विशेष योजना ल्याउने बताउनु भएको छ ।
शनिबार अन्नपूर्ण हिमशृङखलामा आएको हिमपहिरोका कारण कास्कीको माछापुच्छ्रे, सार्दिखोलाको खारापानी लगायतका क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो । हाल सम्म सो विपत्तीबाट कम्तीमा १५ जनाको ज्यान गएको छ भने सयौं सर्वसाधारण प्रभावित भएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उप–प्रधान तथा गृहमन्त्री विजय गच्छदार, पत्नी हिसिला यमी, मुख्य सचिव माधवप्रसाद घिमिरे, गृह सचिव सुशीलजंग राणा रहनु भएको थियो ।

Related

राष्ट्रिय 8835754559749716297

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item