मन्त्री चयन विधान विपरित:देउवा समूह

काठमाडौं,  वैशाख  २४ । 


कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा समूहले संस्थापन पक्षले पार्टीमा सर–सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै बिरोध जनाएको छ ।
देउवा समूहका सभासद र केन्द्रीय नेताहरुको आज काठमाडौंमा बसेको बैठकले पार्टी विधान विपरित संस्थापन पक्षले मन्त्री सिफारिस गरेको आरोप लगाएको छ । उनीहरुले तत्काल वर्तमान सरकारमा सहभागी नहुने निर्णय पनि गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीमा सर–सल्लाहनै नगरेर मन्त्रीको नाम पठाउने कार्य विधि र विधान विपरित रहेको बताउनु भयो । ‘सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय संसदीय बोर्डमा छलफल हुनुपर्छ’, उहाँले भन्नु भयो, ‘संसदीय बोर्ड नरहेको अवस्थामा सो विषय केन्द्रीय समितिमा छलफल हुनुपर्ने तर कतै छलफल भएन ।’
देउवा समूहले संविधानका बिवादित विषयमा सहमति नहुँदा सम्म सरकारमा सहभागी हुन नहुने निष्कर्ष निकालेको छ । उनीहरुले पार्टी भित्रको आन्तरिक बिवादका साथै भातृ संगठनका विषयमा समेत निकास खोज्न संस्थापन पक्षलाई आग्रह गरेको छ ।
शनिबार सभापति सुशील कोइरालाले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल गर्न बोलाएको केन्द्रीय समिति बैठक देउवा समूहले बहिष्कार गरेपछि संस्थापन पक्षले महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सूर्यमान गुरुङलाई मन्त्रीमा सिफारिस गरेको थियो ।
बैठकमा वरिष्ठ नेता शेरबहारदुर देउवाका साथै गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी, महेन्द्र यादव, बालकृष्ण खाँडलगायतको सहभागिता रहेको थियो ।

Related

राष्ट्रिय 4815221941348049200

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item