"केहि गर्छु भन्ने आँट छ मित्रलाई"
http://sindhulidarpan.blogspot.com/2012/05/s_1649.html
पोष्टराज पहाडी,
सिन्धुली,वैशाख २४ ।
सिन्धुली,वैशाख २४ ।
केहि काम गर्नलाई सबैभन्दा पहिले आफुमा जागर अनि आँट हुनुप¥यो । जति नै सम्पती भएपनि यदि आफुमा केहि गर्छु भन्ने आँट र जागर छैन भने केहि गर्न सकिदैन । तर सम्पति कम भएपनि भित्रै देखि केहि गर्न सक्छुकी भनेर लागि परेकी छिन् ककुर ठाकुर गाविस ३ की महिला मित्र तामाङ्ग । यतिखेर मित्र भविष्यमा केहि गर्न सक्छुकी भनेर गाउमै सिलाई बुनाई पेशा सिक्दैछिन ।
जनजाति महासंघले उनलाई सिलाई बुनाई सिक्ने अवसर जुटाइदिएको छ । ककुरठाकुर गाविसमै सिलाई बुनाई तलिमको आयोजना जनजाति महसंघले गरिदिए पछि उनि घरको रकमले सिलाई मेसिन किनेर तालिममा सहभागी बनेकी छिन् । आफ्नो छ महिनाको छोरा नजिकै कोक्रामा राखेर छोरा हेर्दै सिलाई बुनाई सिक्दै गरेकी मित्र भविष्यमा यस्तै व्यवसाय गर्ने विचारमा छिन् । ‘अन्य जागिर खाऊ भने अशिक्षित भएका कारणले त्यस्तो केहि जागिर पाइदैन’ मित्र भन्छिन्–‘ यहि सिलाई बुनाई सिकेर भविष्यमा यहि पेशा व्यवसाय गर्ने सोच गरेकी छु ।’
उनलाई सिलाई बुनाई सिक्ने क्रममा आफ्ना श्रीमान लोक बहादुर तामाङ्गले पनि ठूलो सहयोग गरेका छन् । ‘मलाई श्रीमानले ठूलो सहयोग गर्नु भएको छ’ मित्र खुसी हुदै भन्छिन्– ‘दिँउसो भरि आफु यतै होइन्छ, घरका छोराछोरी लाई खाना बनाउने, खुवाइदिने लगायत गाई भैसीको लागि घाँस दाउरा श्रीमानलेनै गर्नु हुन्छ, मलाई श्रीमानबाट ठूलो सहयोग पुगेको छ ।’
मित्र तामाङ्ग जस्तै केहि गर्न सकिन्छकी भनेर सिलाई बुनाई सिकेकी छिन् लक्ष्मी थापा मगरलेपनि । पहिला शिक्षण काम गर्ने लक्ष्मी अहिले सिलाई बुनाई सिक्दै छिन् । ‘पहिले शिक्षण गर्थे तर विचमा आएर आफ्नो स्वास्थ्यमा कठिनाई देखापरेपछि शिक्षण पेशा छाडेकी थिए’ लक्ष्मी भन्छिन्–‘गाउमै सिलाई बुनाई तालिम सिक्न पाएपछि मलाई पनि केहि गर्न सक्छु जस्तो लागेर आयो, त्यहि भएर अहिले तालिम सिक्दैछु ।’ लक्ष्मीपनि तालिम पश्चात यहि पेशालाई निरन्तरता दिने विचारमा छिन् ।
चैत्रबाट सुरु भएको सो ३ महिने तालिममा ककुर ठाकुर गाविसका ९ वटा वडाबाट राई, मगर, तामाङ्गसमुदायका २० जना महिलाको सहभागीता रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !