‘सरकार बनाउन चीन र भारतको भूमिका छ’
http://sindhulidarpan.blogspot.com/2012/05/s_3871.html
काठमाडौं, वैशाख २३ ।
एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले पार्टी उपाध्यक्ष मोहन वैद्य समूहले पाँच बुँदे सहमतिको नभई प्रधानमन्त्री बाबुराम भट्टराईको विरोध गरेको बताउनु भएको छ ।
‘वैद्यजीहरुको आक्रोश पाँच बुँदे भन्दापनि प्रधानमन्त्री भट्टराईप्रति हो’, उहाँले भन्ने भयो, ‘कांग्रेस नेतृत्वमा बन्ने सरकारमा उहाँहरु पनि जानु हुन्छ ।’
राजधानीमा आज आयोजित साक्षत्कारमा नेता गजुरेलले सहमतिको सरकार निर्माणका लागि भारत र चीनको सकारात्मक भूमिका रहेको बताउनु भयो । ‘विदेशी चलखेल भनेको नकारात्मक र सकारात्मक दुबै हुन्छ’, उहाँले भन्नु भयो, ‘शान्ति र संविधानका लागि भारत र चीनको भूमिका सकारात्मक छ ।’
एमाले नेता भीम रावलले अब बन्ने राष्ट्रिय सहमतिको सरकारमा एमाले सहभागी हुने दाबी गर्नु भयो ।
नेता रावलले एमालेले पाँच बुँदे सहमतिलाई स्वीकार गरिसकेकाले सरकार नजाने भन्ने प्रश्नै नभएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘राष्ट्रि सहमतिको सरकारका लागि एमालेले दुई÷दुई पटक प्रधानमन्त्री पद त्याग गरेकाले अब सरकारमा नजाने प्रश्नै छैन ।’
उहाँले केन्द्रीय कमिटीमा छलफल नटुंगिँदासम्म भने एमाले सरकारमा नजाने बताउनु भयो ।
पाँच बुँदे सहमतिमा विदेशी चलखेल भएको भन्ने आरोपको खण्डन गरेका एमाले नेता रावलले भन्नु भयो, ‘विशेष समितिको सचिवालयमा भएको बैठकमा मध्यराति अन्तिम समयसम्म ‘म’ आफैं थिएँ, त्यहाँ मैले कुनै विदेशी देखिनँ, कसैले कोही विदेशी देखेकोभए भनिदिनोस् ।’
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेस नेतृत्वमा बन्ने चुनावी सरकारमा संसदीयदलका नेता रामचन्द्र पौडेल निर्विकल्प रहेको बताउनु भएको छ ।
उहाँले भन्ु भयो, ‘कांग्रेस नेतृत्वमा बन्ने चुनावी सरकारमा संसदीयदलका नेता रामचन्द्र पौडेलको नेतृत्वमा बन्छ ।’



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !