चलचित्र तथा तस्बिर प्रदर्शनी
http://sindhulidarpan.blogspot.com/2012/05/s_4297.html
काठमाडौँ, वैशाख २३ ।
नेपाल आमा उनी बाँच्न चाहन्छिन् नामक लघु चलचित्र आज प्रदर्शन गरिएको छ । दोस्रो जनआन्दोलनपछि मुलुकको समृद्धिका लागि जनताले ठूलो आश राखेका भए पनि विभिन्न परिस्थिति र कारणले त्यो प्राप्त हुन नसकेको हुँदा युवावर्गको छटपटी र पीडा आदि विषयवस्तुलाई आधार बनाएर सो चलचित्र तयार गरिएको छ ।

सेप्को नेपालले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा एनेकपा (माओवादी) का नेता अग्नि सापकोटाले प्रदर्शनको उद्घाटन गर्दै चलचित्र राष्ट्रिय भावनाले ओतप्रोत भएकाले समाजमा राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो ।
सो चलचित्रका निर्देशक निश्चल श्रेष्ठले विगत केही वर्षदेखि सङ्घीयताका नाममा मुलुकलाई जातीय विभाजन गर्ने बहस र आन्दोलन चलिरहेको आफूले महसुस गरी त्यसलाई रोक्नका लागि चारवर्षमा भएका राजनीतिक, सामाजिक र आर्थिक विकृतिलाई आधार बनाएर चलचित्र निर्माण गरिएको बताउनुभयो ।
सेप्को नेपाल र फोर्स नेपालको सहकार्यमा निर्माण गरिएको सो चलचित्र करिब आधा घन्टाको रहेको छ ।
यसैबीच छायाँकार मेख पाइजाको एकल तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्राङ्गणमा तीनदिनसम्म सञ्चालन हुने सो प्रदर्शनीमा सन् २००२ देखि सङ्कलन गरेका नेपालका विभिन्न नदी, हिमाल, प्रकृति, जनावरलगायतका ३८ वटा तस्बिर राखिएको छ ।
सो अवसरमा वरिष्ठ लेखक अभि सुवेदीले नेपालमा रहेका प्राकृतिक सौन्दर्यका विभिन्न विषयवस्तुलाई ती तस्बिरले नजिकबाट अनुभूति गर्न सहयोग पु¥याउने बताउनुभयो । म्याग्दी जिल्ला हिस्तान गाविसका ४८ वर्षीय पाइजाले उतारेका ती तस्बिरलाई केही सातापछि संयुक्त अरब इमिरेट्सको दुवईमा प्रदर्शन गरिने बताइएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !