गाडीमा आगजनी, चार यात्रुबसमा तोडफोड

सुमन अधिकारी, 
बुटवल,वैशाख ३० । 
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि आवहान गरिएको बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले आज बिहान नवलपरासीको पञ्चनगर भुताहामा एउटा गाडीमा आगजनी गरेका छन् भने  ४ वटा यात्रु बसमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले बिहान बुटवलबाट नारायणगढतर्फ जादै गरेको लु १ ख १९९१ नम्बरको पराल बोकेको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । 

आगो निभाउन नवलपरासी तथा बुटवलबाट दमकल गएको थियो । प्रहरीले रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर बुटवल ल्याएको छ । त्यहाबाट आएका सैयौ सवारीका साधन बुटवलमा रोकिएका छन् । यसैबीच ब्राम्हण समाज, क्षेत्री समाज सम्मिलित संयुक्त संघर्ष समिसतको बन्दमा बन्दकर्ताहरुले बुटवलको राजमार्ग चौराहामा सभासदहरुको श्राद्ध गरेका छन् । संसदमा रहेका सभासदमध्ये राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसी बाहेकका ६ सय सभासदहरुको नाममा मृत घोषित गरेर पिण्ड दान समेत गरेको बुझिएको छ ।

Related

विविध 8476389377255281563

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item