दोस्रो जनआन्दोलनसम्बन्धी वृत्तचित्र प्रदर्शन

काठमाडौँ, जेठ १६ । राष्ट्रिय फोटो पत्रकार समूहले पाँचौ गणतन्त्र दिवसको अवसरमा दोस्रो जनआन्दोलनको समयमा खिचिएका विभित्र तस्बिरलाई सङ्कलन गरी सोमबार साँझ वृत्तचित्र प्रदर्शन गरेको छ । 

सो वृत्तचित्रमा मुलुकका विभित्र स्थानमा जनआन्दोलनमा उर्लेको मानव सागर, घाइते÷अङ्गभङ्ग भएका मानिस, तत्कालीन समयमा प्रहरीले आन्दोलन दमन गर्ने क्रममा बल प्रयोग गरेका दृष्य लगायत छन् । 

व्यावसायिक छायाकार (फोटोग्राफर)बाट जनआन्दोलनको समयमा देशभर भएका विभित्र गतिविधिलाई समेटेर तयार पारेका करिब एक हजार तस्बिरलाई सङ््कलन गरी त्यसमध्ये उत्कृष्ट २०० तस्बिर छनोट गरी वृत्तचित्र तयार गरिएको समूहका सदस्य पुरुषोत्तम बरालले उल्लेख गर्नुभयो ।

समूहका उपाध्यक्ष हरिगोपाल प्रधानले जनआन्दोलनले सिर्जना गरेको संविधानसभा र त्यसले सम्पूर्ण नागरिकलाई अधिकारसम्पत्र बनाउन ल्याउनुपर्ने संविधान आउन नसकेको अहिलेको अवस्थामा मनाउँदै गरिएको गणतन्त्र दिवसमा वृत्तचित्रले सम्पूर्ण राजनीतिक दलका नेतृत्वलाई दिशानिर्देश गर्ने आशा व्यक्त गर्नुभयो । 

Related

राष्ट्रिय 2609075471949253985

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item